बिमस्टेक चार्ट अनुमोदन आवश्यक रहेको सांसद पौडेलको भनाइ

काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शिक्षा, स्वास्थ्य, रोजगार जस्ता क्षेत्रमा साझा प्रतिबद्धताका लागि बिमस्टेक लगायतका साझा संरचनाको आवश्यकता रहेको बताएका छन्।

आजको प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रस्तुत गरेको बिमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।

सांसद पौडेलले आपसी सहयोग, पर्यावरणीय सन्तुलन, पारस्परिक एक आपसमा जोडिएका विषयहरूको साझा प्रतिबद्धता, रोजगारी सिर्जना, कृषिमा आधुनिकीकरण, अन्तर्राष्ट्रिय आतङ्कवादका विरुद्धमा मिलेर अघि बढ्ने कुरा, गरिबीसित उन्मुलन सम्बन्धको विषय, जो २०३० सम्ममा दिगो विकास लक्ष्यमा सहभागी हुँदै अघि बढ्न आवश्यक रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय