सुन आज सात सय रुपैयाँले बढेर तोलामा एक लाख २४ हजार ५०० पुग्यो

काठमाडौं । सुनको मूल्य आज मंगलबार सात सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख २४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा ७०० रुपैयाँले वृद्धि भएको छ । महासंघले आजका निम्ति तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ६०० रुपैयाँ कायम गरेको छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदीको मूल्य आजका निम्ति प्रतितोला एक हजार ५२५ रुपैयाँ निर्धारण गरिएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय