साझा न्यूनतम कार्यक्रम आज दिउँसो सार्वजनिक गरिने

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूको साझा न्यूनतम कार्यक्रम आज दिउँसो २ बजे सार्वजनिक गरिने भएको छ ।

आजै बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सो कार्यक्रम सार्वजनिक गर्ने तय थियो । समय परिवर्तन गरेर दिउँसो २ बजे मात्र कार्यक्रम सार्वजनिक गर्न लागिएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी गराएको छ ।

यसअघि, हिजो नै साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने भनिएको थियो । गएको शनिबार सत्ता गठबन्धनको कार्यदलले बालुवाटार पुगेर शीर्ष नेताहरूलाई साझा न्यूनतम कार्यक्रम बुझाएको थियो ।

सरकारमा सहभागी पाँच दलबाट दुई/दुई नेता कार्यदलमा थिए । कार्यदलमा नेकपा (एमाले)बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल थिए । नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव एवं अर्थमन्त्री वर्षमान पुन र उपमहासचिव जनार्दन शर्मा थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय