सुन प्रकरणमा पक्राउ परेका महरा अस्पताल भर्ना

काठमाडौं । सुन प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई नर्भिक अस्पताल लगिएको छ । उनलाई सोमबार साँझ अस्पताल लगिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार कमजोर स्वास्थ्य अवस्थाका कारण देखाउँदै काठमाडौं जिल्ला अदालतले अस्पतालमा राखेर अनुसन्धान गर्न भनेको थियो । अदालतकै आदेशका आधारमा उनलाई नर्भिक अस्पताल लगिएको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय