काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ ।
गृहमन्त्री लामिछाने सहकारीमा संलग्न रहेको प्रमाण यथेष्ठ रहेको बताउँदै कांग्रेसले समिति बनाउन माग गरेको हो ।