आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशका अधिकांश स्थानमा आज पनि वर्षाको सम्भावना रहेको छ । हिजो पनि वर्षा भएको थियो । हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

जसले गर्दा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा बदली भइरहेको छ । लुम्बिनी र कर्णाली प्रदेशमा पनि साधरणतया बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ ।

कोशी, मधेस, गण्डकी र बागमती प्रदेशमा हिजोदखि वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात समेत भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । आज राति पनि देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ भने भोलि पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं । देशका अधिकांश भूभागमा आज पनि बिहानैदेखि वर्षा भइरहेको छ । हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय