सीआईबीले लियो बाँसबारी जग्गा प्रकरणमा मुछिएका विनोद चौधरीको बयान

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्यमी विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बयान लिएको छ ।

बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका चौधरीको आज सरकारी वकिलको कार्यालयमा बयान लिइएको हो । चौधरी बिहान आफैं सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेका थिए ।

बाँसबारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले अनुसन्धान गर्दै आएको छ । यसैक्रममा सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेर सांसद चौधरीमाथि पनि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय