काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका छन् ।
सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीमा आज बिहान बयान दिएपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका हुन् ।