सुन आज तोलामा एक लाख २७ हजार नाघ्यो

काठमाडौँ । नेपाली बजारमा आज बिहिबासुनको मूल्य बढेर कारोबार भइरहेको छ । बुधबारको तुलनामा एकै दिन तोलामा २ हजार ६०० रुपैयाँले बढेर नयाँ कीर्तिमानी मूल्य कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २७ हजार २०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ६०० रुपैयाँ कायम थियो ।

नेपाली बजारमा अहिलेसम्म छापावाल सुनको मूल्य तोलामा १ लाख २७ हजार ८०० रुपैयाँ पुगेको थिएन । यस्तै, आज चाँदीको मूल्यमा प्रतितोला ३५ रुपैयाँको वृद्धि आएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १५ सय ५५ रुपैयाँ पुगेको छ । हिजो बुधबार चाँदीको कारोबार मूल्य तोलामा १५ सय २० रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय