दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । भारतीय मिडियाका अनुसार उहाँलाई मदिरा अन्तशुल्क घोटाला प्रकरणमा ईडीले पक्राउ गरेको हो ।

दिल्ली सरकारले आम आदमी पार्टीमा पैसा जाने गरी मदिरा नीतिमा फेरबदल गरेको आरोप लागेको छ । केजरीवाल पदमै रहँदा पक्राउ पर्ने भारतका पहिलो मुख्यमन्त्री बनेका छन् । पक्राउ पर्नुअघि दिल्ली उच्च अदालतले उनको सुरक्षा माग गर्ने निवेदनलाई अस्वीकार गरेको थियो ।

दिल्लीकी मन्त्री एवं आम आद्मी पार्टीकी नेतृ अतिशी मार्लेनाले अरविन्द केजरीवाल मुख्यमन्त्रीको रूपमा रहने र जेलबाटै दिल्ली सरकार चलाउने बताएकी छन् ।

चुनावको मुखमा मुख्यमन्त्री केजरीवाललाई पक्राउ गर्नुलाई प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीको राजनीतिक चालबाजी भन्दै विपक्षीहरुले विरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय