समाजवादी मोर्चालाई निरन्तरता दिइने

काठमाडौं। समाजवादी मोर्चालाई निरन्तरता दिन सबै दल सहमत भएका छन्। फेरिएको सत्ता राजनीतिको कोर्षपछि अन्योलमा रहेको सन्दर्भमा मोर्चाको विषयमा शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चामा सम्मिलित चार दलीय मोर्चाका शीर्ष नेताहरूको बैठक बसेको थियो।

बैठकले समाजवादी मोर्चालाई थप विस्तार र प्रभावकारी बनाउँदै अघि बढ्ने निर्णय गरेको हो। नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालका अनुसार नेकपा (एमाले)सहित अन्य वाम शक्तिहरूलाई पनि आबद्ध गराउने विषयमा छलफल भएको छ। बैठकले अब एमालेसहितको मोर्चा बनाउन पहल गर्ने निर्णय गरेको छ।

एमालेलाई पनि मोर्चामा भित्र्याउन अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नको लागि अध्यक्षलाई जिम्मा दिइएको भुसालले बताइन्। समाजवादी मोर्चाका संयोजक रहेका नेकपाका महासचिव नेत्र विक्रम चन्द‘विप्लव’बिहीबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुगेका थिए।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई लिएर ‘विप्लव’ले ओलीसँग संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल गरेका थिए। समाजवादी मोर्चाको आजको बालुवाटार बैठकमा मोर्चाबारे अध्यक्ष ओलीको सकारात्मक जवाफबारे विप्लवले जानकारी गराएको बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय