बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै आईपीएलमा चेन्नईको जित

काठमाडौँ। चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी शुरूआत गरेको छ। हिजो शुक्रबार उद्धघाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै चेन्नईले विजयी शुरूआत गरेको हो।

बैंगलोरले दिएको १७४ रनको लक्ष्य पछ्याएको चेन्नईले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको हो ।

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्स तथा आजको दोस्रो खेलमा राति पौने ८ बजे कोलकता नाइट राइडर्स र सनराइज हैदराबाद खेल्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय