होली पर्वले पारस्परिक एकता र सामाजिक सद्भाव कायम राखेको छ: शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले होली पर्वले पारस्परिक एकता र सामाजिक सद्भाव कायम राखेको बताएका छन्।

फागु पर्वका अवसरमा शुभकामना सन्देश जारी गरी सभापति देउवाले अन्यायमाथि न्यायको सन्देश दिने फागुलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको बताए।

‘फागुपर्वमा खेलिने विविध रङजस्तै नेपाली समाज पनि जातीय, भाषिक र साँस्कृतिकरूपले विविधतापूर्ण रहेको छ’, उनले भनेका छन्, ‘यही विविधताबीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको छ, फागुपर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो।’,

सभापति देउवाले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने फागुपर्वले सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धिमा प्रेरित गर्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर