इलाम २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ उम्मेदवार बन्ने

काठमाडौं । नेकपा एमालेले इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा हुने उपनिर्वानमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । सुहाङ दिवङ्गत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुन् ।

एमालेका तत्कालीन उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गएको भदौ २६ गते निधन भएपछि इलाम–२ को सांसद पद रिक्त छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय