आयरल्यान्ड ‘ए’ सँग हुने शृंखलाका लागि नेपाल ‘ए’ को टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड ‘ए’ सँग हुने शृंखलाका लागि नेपाल ‘ए’ को टोलीको घोषणा गरेको छ। विनोद भण्डारीको कप्तानीमा क्यानले टी-२० र एकदिवसीय शृंखला खेल्ने दुई फरक टोलीको घोषणा गरेको हो।

टोलीमा कप्तान विनोदसँगै, आरिफ शेख, देव खनाल, बसिर अहमद, कमलसिंह ऐरी र विकास आग्रीलगायत रहेका छन्। नेपाल ‘ए’ ले आयरल्यन्ड ‘ए’सँग चैत १५, १६ र १८ गते टी–२० तथा चैत २१, २३ र २५ गते एकदिवसीय खेल खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय