एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै गुजरात टाइटन्सले विजयी सुरुवात गरेको छ।
घरेलु मौदान अहमदाबादमा भएको खेलमा गुजरातले मुम्बईमाथि ६ रनको जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो। उसका लागि साइ सुदर्शनले ४५ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै ऋद्दिमान साहाले १९ रन बनाउँदा कप्तान शुभमन गिलले ३१ रन बनाए।