ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालको जित

काठमाडौं । ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्ध ६ विकेटको सहज जित निकालेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा आयरल्यान्ड वुल्भ्सले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले १६।१ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले अविजित ३७ रन बनाए । उनले ३२ बलमा चार चौका प्रहार गरे । ३७–३ को अवस्थाबाट भुर्तेलले सन्दीप जोरासँग ५४ रनको साझेदारी गर्दै नेपाललाई जितनजिक पु¥याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय