काठमाडौं । नेपालले आयरल्याण्ड उल्भ्ससँग आज मंगलबार दोस्रो ट्वान्टी-२० खेल खेल्दैछ। खेल दिउँसो १ बजेकीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ ।
ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले आयरल्याण्ड उल्भ्सविरुद्ध ६ विकेटको सहज जित निकालेको थियो।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा आयरल्याण्ड वुल्भ्सले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर भेट्टाएको थियो ।
नेपाल ‘ए’ ले आयरल्याण्ड उल्भ्ससँग पाँच ट्वान्टी-२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ।