सुनको मूल्य तोलामा आज ३ सयले घटेर तोलामा एक लाख २६ हजार ४ सय पुग्यो

काठमाडौं । सुनचाँदीको मूल्य आज घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख २६ हजार ४०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ५१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय