सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्ने महत्वपूर्ण जिम्मेवारी छ: नारायणप्रसाद दाहाल

चितवन। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्ने महत्वपूर्ण जिम्मेवारी राष्ट्रियसभाको भएको बताएका छन्।

भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उनले तीन तहको सरकारलाई एकताबद्ध गर्दै अघि बढाउने काम राष्ट्रियसभाको रहेको भन्दै त्यो दिशामा सभालाई लैजान आफू लागिपर्ने उनले बताए।

उनले भने, “सबैलाई एकताबद्ध गर्दै आवश्यक ऐनकानुन निर्माणमा राष्ट्रियसभाको भूमिका महत्वपूर्ण छ।” तीन तहका सरकारबीच समन्वयकारी भूमिका खेल्दै स्थानीय तहको समस्या समाधानमा सङ्घीय सरकारलाई सहयोगी बन्ने उनको भनाइ थियो।

संविधानले राष्ट्रियसभालाई दिएको अधिकार र दायराबारे आम जनमानसमा जानकारी गराउन अफ्नो कार्यकाल फलदायी हुने विश्वास उनले व्यक्त गरे। राष्ट्रियसभालाई अहिले प्रतिनिधिसभाको छायाँका रुपमा लिने गरिएको भन्दै उनले त्यस्तो नभएको बताए। उनले भने, “राष्ट्रियसभाको महत्व बुझाउन जरुरी छ ।” आफ्नो कार्यकालमा राष्ट्रियसभाको गौरवलाई सुनिश्चित गर्न लाग्ने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर