ओशो साधक रहेर ध्यान गर्न गोवा भएकी धनगढीका मेयरकी छोरी वेपत्ता

काठमाडौँ । धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालकी छोरी आरती हमाल सम्पर्कविहिन भएकी छिन् ।

ओशो साधक रहेर ध्यान गर्न भारतको गोवामा बस्दै आएकी उनी हिजोबाट सम्पर्कविहिन भएको मेयर हमालले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

आरती सोमबार जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहिन भएको उनका साथीहरुले जानकारी गराएको मेयर हमालले जनाएका छन् । त्यस्तै उनले छोरीको खोजीकार्यमा सहयोग गरिदिन समेत अपिल गरेका छन् ।

यस्तो छ हमालले लेखेको फेसबुक स्टाटस

मेरी जेठो छोरी आरती ओशो साधक हुन उनी केही महिना देखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिईन्न । हिजो देखि जोरबा वाईब आस्बिन ब्रीज बाट सम्पर्क बिहिन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने शुभचिन्तक दाजुभाई दिदिबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।
साथै मेरो कान्छी छोरी आर्जु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आज रातीको प्लेनमा गोवा पुगि रहेकाले मोबाईल न. 9794096014 / 8273538132/ 9389607953 सम्पर्क गरि त्यहाँ आवश्यक सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय