काठमाडौं । धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालकी जेठी छोरी आरती हमाल भारतको गोवामै भेटिकी छिन् । छोरी सम्पर्कमा आएको र स्वास्थ्य अवस्था कमजोर रहेको हमालले सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिएका छन् ।
आरती ध्यानका लागि केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् । केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी छोरी अस्तिदेखि सम्पर्कविहीन भएको भन्दै मेयर हमालले खोजीको लागि सहयोग गर्न आग्रह गरेका थिए ।