आईपीएलमा गुजरातलाई चेन्नाईको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ । चेन्नाईले मंगलबार भएको खेलमा गुजरात टाइटन्सविरुद्ध ६३ रनको सहज जित निकालेको हो ।

एमए चिदम्बरम रंगशालामा चेन्नाईले प्रस्तुत गरेको २०७ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । गुजरातका साइ सुदर्शनले ३७ रन बनाए । डेबिट मिलर र रिद्दिमान साहाले समान २१ रन थप्दा विजय शंकरले १२, अज्मतुल्लाह ओमरजाईले ११ र उमेश यादवले १० रन जोडे ।

प्रतिक्रिया

सम्बन्धित खवर