काठमाडौं । हिजो मंगलबार घटेको सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा सुनको मूल्य ४०० रुपैयाँ बढेको छ ।
छापावाल सुन तोलामा एक लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा एक लाख २६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य १५ रुपैयाँ घटेको छ । चाँदी तोलमा एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।