काठमाडौँ। सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सलाई पराजित गरेको छ।
बुधबार सम्पन्न खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले पराजित गरेको हो।
हैदराबादले दिएको २७८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४६ रनमात्रै बनायो। मुम्बईका टिम डेविड ४२ रनमा अविजित रहे। उनले २२ बलमा २ चौका र ३ छक्का प्रहार गरे। यता, रोमारियो शेफर्ड पनि १५ रनमा अविजित रहे।