प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज बिहान बालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्तामा संवैधानिक परिषद्को बैठकका विषयमा कुराकानी भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले यही चैत १८ गतेका लागि संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । त्यस्तै संसद् र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय