रास्वपाका केन्द्रीय सदस्य डा. अरनिको पाँडेद्वारा राजीनामा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका केन्द्रीय सदस्य डा. अरनिको पाँडेले पार्टीबाट राजीनामा दिएका छन्।

जलवायु विज्ञ रहेका पाँडेलाई सरकारले यही चैत ८ गते राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको थियो।

आफू सरकारी क्षेत्रमा नियुक्त भएपछि पार्टीमा बस्नु पदको बर्खिलाप हुनु भन्दै पाँडेले राजीनामा दिएका हुन्। उनको राजीनामा पार्टीले स्वीकृत गरिसकेको छ। उनले बिहीबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत् आफूले राजीनामा दिएको सार्वजनिक समेत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय