काठमाडौं । इंडियन प्रिमियर लिग (आईपिएल) राजस्थान रोयल्सले लगातार दोस्रो जित निकालेको छ। गएराति भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्स माथि १२ रनको जित दर्ता गरेको हो।
१८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा आवेश खानले ४ रन मात्र दिएपछि दिल्लीले हार बेहोर्न पुग्यो।
आईपिएलमा आज कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलूरु भिड्ने छन्।