काठमाडौं। काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ। दुर्घटनापछि एक जना बेपत्ता छन्।
सो दुर्घटनामा ज्यान गुमाउनेमा गोरखा नगरपालिका–७ की ७० वर्षिया जुनकिरी रोकाया, ४१ वर्षिया हरिमाया रोकाय, २८ वर्षिया अञ्जना रोकाय र ९ वर्षिय बालक आगमन नगरकोटी रहेको प्रहरीले जनाएको छ।
१८ वर्षिया दिवस रोकाया भने त्रिशुली नदीमा हराइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको खोजी कार्य जारी रहेको बताइएको छ।

