वैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेले जित्ने ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्।

अध्यक्ष ओलीले प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताएका हुन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमालेविरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने जिकिर गरे।

प्रतिक्रिया

सम्बन्धित खवर