कतिमा हुँदै छ आज सुनचाँदीको कारोबार ?

काठमाडौं । सुनचाँदीको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन गत शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस दिन चाँदी प्रतितोला एक हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी गत शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय