काठमाण्डौ । नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कप आजदेखि शुरु हुँदैछ । नेपालले आज पहिलो खेल गुजरातसँग खेल्दैछ । यो खेल दिउँसो पाैने तीन बजेदेखि शुरु हुनेछ ।
नेपाल र बरोडा पर्सि खेल्नेछन् । चैत २१ मा नेपाल र गुजरात तथा चैत २३ मा नेपाल र बरोडाबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ । यसअघि नेपाल क्रिकेट संघले यो खेलका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।