आईपीएल क्रिकेटमा लखनउसँग पञ्जाब पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्सलाई २१ रनले हराएको छ । लखनउको दुई खेलमा यो पहिलो जित हो ।

गएराति भएको खेलमा लखनउले दिएको दुईसय रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ७८ रन मात्रै बनाउन सक्यो ।

आईपीएल क्रिकेटमा आज नेपाली समय अनुसार दिउँसो पौने ४ बजे गुजरात टाइटन्स र सनराईजर्स हैदराबाद तथा बेलुका पौने ८ बजे दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्स खेल्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय