काठमाडौं । एसएमएस फ्रेन्डशिपको पहिलो टी–२० खेलमा नेपालले गुजरातलाई पराजित गरेको छ । जितका लागि ९९ रनको लक्ष्य पाएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित रहँदै २६ बलमा सर्वाधिक ३३ रन बनाए । अनिल शाह ३५ बल खेल्दै ३२ रनमा नटआउट रहे ।
ओपनर द्वय कुशल भुर्तेल १७ र आशिफ शेखले १६ रन बनाए । गुजरातका तेजस पटेल र हेमङ पटेलले समान १–१ विकेट लिए ।