काठमाडौं । कास्कीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
पोखराबाट सल्यानगाउँ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको बोलेरो दुर्घटनामा परेर पोखरा पामेका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनारको मृत्यु भएको हो।
प्रहरीका अनुसार जीपमा सवार चालकसहित १० जना घाइते भएका छन्।
घाइतेलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

