राजनीतिक भागबण्डामा न्यायाधीश नियुक्ति गर्ने कामप्रति रास्वपाको असन्तुष्टि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राजनीतिक भागबण्डामा न्यायाधीश नियुक्ति गर्ने कामप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डाको विषय बनाएपछि समस्या आएको उनको भनाइ थियो। आज मंगलवार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्दा समेत राजनीतिक भागबण्डाको पर्खाइमा बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताइन्। उनले कारागारभित्र क्षमताभन्दा ४ गुणा बढी कैदीबन्दी राखिएको भन्दै आपत्ति प्रकट गरिन्।

सांसद गौतमले भनिन्, ‘अब न्यायाधीश नियुक्तिको विषयमा पनि हामीले सोच्नुपर्ने विषय छ। न्यायाधीश नियुक्तिमा हामीले राजनीति छिरायौँ। आज सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दाखेरी एकजना खाली भयो भने त्यहाँ नियुक्ति गर्नुपर्नेमा ४–५ जना खाली गराउने पर्खाइमा छौँ र त्यहाँ भागबण्डा गर्ने पर्खाइमा छौँ। यो विषयमा हामीले गम्भीर भएर सोच्नुपर्ने स्थिति आइसकेको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय