काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि सहकारी प्रकरणमा मुछिएका छन् ।
नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणमा गृहमन्त्रीसहित उनीहरूको पनि संलग्नता रहेको बताएका हुन् । उनीहरूले हाम्रो नयाँ कृषि सहकारी संस्थामा हुँदा निक्षेपकर्ताको चार करोड रुपैयाँभन्दा बढी रकम फिर्ता नदिएको बताए ।
रास्वपाका यी दुई नेताहरूमाथि पनि निष्पक्ष छानबिन गर्न उनले माग गरे । उनले छानबिनका लागि सहयोग गर्न गृहमन्त्री लामिछानेलाई आग्रह गरेका छन् ।
उनले सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति बनाउने कुरा नेपाली काँग्रेसको अनिवार्य शर्त भएको स्पष्ट पारे ।

