काठमाडौं – इंडियन प्रिमियर लिग (आईपिएल)मा रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी)ले तेस्रो हार बेहोरेको छ। बैंगलोररुमा भएको खेलमा घरेलु टोली आरसीबी लखनऊ सुपर जाएन्ट्ससँग २८ रनले पराजित भएको हो।
१८२ रनको लक्ष्य पछ्याएको आरसीबी १९ दशमलव ४ ओभरमा १५३ रनमा समेटियो। घरेलु टोलीका लागि महीपाल लोम्रोरले १३ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ३३ रन बनाए। यस्तै रजत पतिडरले २९ तथा विराट कोहलीले २२ रन जोडे। फ्याफ डु प्लेसिसले १९ रन बनाए। आरसीबी हार पछि ४ खेलमा २ अंक सहित पुछारमाबाट दोस्रो छ। लखनऊ भने ३ खेलमा ४ अंकसहित चौथो छ ।
आईपीएलमा आज दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स भिड्ने छन्।