काठमाडौं। आयरल्यान्ड ‘ए’विरुद्धको पहिलो एक दिवसीयमा नेपाल २१ रनले पराजित भएको छ।
अनुभवी ब्याटर नचल्दा आयरल्याण्ड ‘ए’ले दिएको एक सय ५८ रनको सामान्य लक्ष्य पनि नेपाल ‘ए’ले पूरा गर्न सकेन। नेपाल ‘ए’को टोली २५ दशमलव तीन ओभरमा अलआउट हुँदै एक सय ३६ रनमा समेटियो।
नेपाल ‘ए’का लागि साहब आलमले ३४ बलमा एक छक्का र चार चौकाको सहयोगमा ३७ रनको योगदान दिए। साथै देव खनालले २६, बसिर अहमदले २० र रिजन ढकालले १२ रन बनाए। नेपाल ‘ए’का लागि अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।