काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदैछन्।
माओवादीले दिएको समर्थन फिर्ता लिएपछि सुदूरपश्चिमका कमलबहादुर शाहले आज विश्वासका मत लिन लागेका हुन्। गत फागुन २३ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
समर्थन दिएको राजनीतिक दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ। विश्वासको मतको लागि दिउँसो तीन बजे प्रदेश सभा बैठक बोलाइएको छ। विश्वासको मत नपाए कांग्रेस नेतृत्वको सरकार सुदूरपश्चिम प्रदेशमा ढल्ने छ।
आज प्रदेश सभा बैठकमा शाहले बहुमत पाउने सम्भावना न्यून छ।