सुनको मूल्य आज तोलामै १ लाख ३४ हजार पुग्यो

काठमाडौं । सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । सुनको मूल्य तोलामा हजार रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ३४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो ।

बुधबार पनि प्रतितोला एक लाख ३३ हजार रुपैयाँमा कारोबार भएर रेकर्ड बनाएको थियो । सुनको मूल्य बिहीबार त्योभन्दा माथि पुगेर नयाँ रेकर्ड बनाएको हो ।

आज तेजाबी सुन प्रतितोला एक लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय