अख्तियारद्वारा पूर्वमन्त्री शाहीसहित ३२ जनाविरुद्ध मुद्धा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

नेपाल वायु सेवा निगमले खरिद गरेको वाइडबडी जहाजमा भ्रष्टाचार गरेको अभियोगमा आयोगले एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ बराबरको बिगो माग दाबीसमेत गरेको छ।

आयोगले तत्कालीन सचिव एवं निगम सञ्चालक समितिका अध्यक्ष शंकरप्रसाद अधिकारी, भन्सार विभागका तत्कालीन महानिदैशक एवं निगम तत्कालीन सञ्चालक समिति सदस्य शिशिरकुमार ढुङ्गाना, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, सञ्चालक समिति सदस्य टेकनाथ आचार्य, निमा नुरु शेर्पा र मुक्तिराम पाण्डेविरुद्ध पनि समान बिगो दाबी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय