लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले राजीनामा दिए

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । बिहीबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

उनले आज विश्वासको मत लिने तयारी गरेका थिए । तर, नागरिक उन्मुक्ति पार्टी विभाजित भएपछि विश्वासको मत नलिई राजीनामा घोषणा गरेका हुन् ।

लुम्बिनीमा नेकपा ९माओवादी केन्द्र०का जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन चार दलबीच सहमति भएको छ । माओवादी, नेकपा ९एमाले०, नेकपा ९एकीकृत समाजवादी० र एक स्वतन्त्र सांसदबीच सहमति भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर