गायक राजेशपायल राईले गरे श्रीमतीसंग डिभोर्स

काठमाडौं । चर्चित गायक राजेशपायल राई र उनकी श्रमती साङबुङ राईले कानुनी रुपमै सम्बन्ध विच्छेद गरेका छन् । यहि चैत १५ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो । गायक राईले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका थिए ।

अदालतले आमा र छोरालाई ५० लाख रुपैयाँ दिन, नक्सालमा एक आना, एक पैसा, तीन दाम क्षेत्रफलमा रहेको घर पत्नीलाई दिन र छोराको उमेर १८ वर्ष नपुग्दासम्म मासिक १५ हजार रुपैयाँ मानाचामल भराउन पनि आदेश दिएको छ ।

यी दुईबाट दुईवर्षे एक सन्तान सायरेम छन् । २०७८ साल असोज महिनामा यी दुईबीच विवाह दर्ता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय