काठमाडौँ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ रेमिटयन्स भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले आज फागुन मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै २१ प्रतिशतले विप्रेषण आप्रवाह बढेको जानकारी गराएको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५।३ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८।८ प्रतिशतलेवृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४।८ प्रतिशतले बढेको थियो।
यो आठ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा १५ प्रतिशतले घटेको छ।