हत्या आरोपमा पक्राउ परेका माओवादी नेता खाम पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

चितवन जिल्ला अदालतमा हिजो र आज दुई दिन भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालले खामलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएका हुन् । व्यापारी श्रेष्ठको २०६५ सालको वैशाखमा चितवनको शक्तिखोरमा रहेको माओवादी लडाकुको अस्थायी शिविरको तेस्रो डिभिजनमा हत्या भएको थियो ।

खामले घटनामा आफ्नो संलग्नता नरहेको बयान दिएका थिए । तर पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी अहिलेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर