आईपीएलमा सनराइजर्ससँग चेन्नई ६ विकेटले पराजित

एजेन्सी । इण्डियन प्रियिमर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले घरेलु मैदानमा चेन्नई सुपर किंग्समाथि ६ विकेटको जित हासिल गरेको छ ।

चेन्नईले प्रस्तुत गरेको १६६ रनको लक्ष्य हैदराबादले ११ बल बाँकी छँदै मात्र ४ विकेटको क्षतिमा पछ्यायो। जितपछि ४ खेलबाट ४ अंक बटुल्दै हैदराबाद पाँचौँ स्थानमा छ। आईपीएलको यो सिजनमा हैदराबादको यो दोस्रो जीत हो। समान अंक भए पनि नेट रनरेटका आधारमा चेन्नई तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय