इलाममा आफ्नो पार्टीले जित्ने झलनाथ खनालको दाबी

काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले इलाममा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार जितबहादुर राईले जित्ने दाबी गरेका हुन् । शनिबार इलाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले यस्तो बताएक हुन् ।

इलाममा नेकपा एसले राई, एमालेले सुहाङ नेम्वाङ, रास्वपाले मिलन लिम्वुलाई उम्मेदवार चयन गरिसकेका छन् । यस्तै नेपाली कांग्रसबाट डम्बर खड्का, राप्रपाबाट लक्ष्मी गुरुङलाई उम्मेदवार बनाइएको छ ।

एमालेलाई इलाममा माओवादी केन्द्रले समर्थन गर्ने भएको छ भने त्यहाँको उपनिर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय