इलाममा रास्वपा र कांग्रेसका उम्मेदवारले पनि गराए उम्मेदवारी दर्ता

इलाम । इलाम–२ उपनिर्वाचनमा रास्वपाबाट मिलन लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् ।

लिम्बुले आज शनिबार निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । यस्तै त्यस क्षेत्रमा कांग्रेसका उम्मेदवार जितबहादुर राई र एमालेका सुहाङ नेम्बाङले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । उपनिर्वाचन आगामी वैशाख १५ गते हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय