मेलवर्नमा ‘मेड इन नेपाल एक्स्पो’ हुँदै

काठमाडौं । ‘मेड इन नेपाल एक्स्पो’ हुने भएको छ । नयाँ वर्ष २०८१ वैशाख १५ गते शनिवार (२७ अप्रिल) मा अष्ट्रेलियाको ब्रन्सविक पूर्व, भिक्टोरियामा कार्यक्रम हुने आयोजक नेप्को इन्टरटेन्मेन्टले जनाएको छ ।

हिमाली कल्चरसंगको सहकार्यमा गरिएको कार्यक्रममा उपस्थितीका लागि अष्ट्रेलियाका विभिन्न स्थानमा बसोबास गर्दै आइरहेका सम्पूर्ण नेपालीमा आयोजक संस्थाले अनुरोधसमेत गरेको छ ।

अष्ट्रेलियामा नेपालीपन र नेपालको झल्को दर्साउन कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक विराज थापाले बताएका छन् । कार्यक्रममा विभिन्न कलात्मक बस्तुहरुको अवलोकन गर्न पाइने भएको छ ।

कार्यक्रमको मिडिया पार्टनर कनेक्ट नेपाली रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय